नायव प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी सूचना
पद संख्या ः १ (एक)

यस गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडमा रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत (DCEO) पदमा योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ ।
१. न्यूनतम शैक्षिक योग्यता तथा अनुभव ः मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा ५ (पाँच) वर्षको कार्य अनुभव हासिल गरेको वा स्नातक उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० (दश) वर्षको कार्य अनुभव हासिल कगरेको ।
२. अन्य अनुभव तथा योग्यताहरू ः
(क) बैंकिङ तथा वित्तीय क्षेत्र, विशेष गरी लघुवित्त क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ ।
(ख) नेपाल राष्ट्र बैंकको नियम तथा निर्देशनबारे राम्रो जानकारी भएको ।
(ग) उच्च स्तरको संचार तथा समन्वय क्षमता भएको ।
३. तलब भत्ता तथा अन्य सुविधाहरु ः वित्तीय संस्थाको नियमानुसार हुनेछ ।
४. दरखास्त दिने अन्तिम मिति ः सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र ।
५. दरखास्त साथ पेश गर्नुपर्ने कागजात तथा विवरणहरूः
(क) शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (मोबाईल नम्बर) सहितको विस्तृत वैयक्तिक विवरण (BIO–DATA) ।
(ख) नेपाली नागरिकताको प्रमाणपत्र र सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवको स्वयम्ले प्रमाणित गरेका प्रतिलिपिहरू ।
(ग) विदेशी शैक्षिक संस्थाहरूबाट प्राप्त शैक्षिक योग्यताका हकमा त्रिभुवन विश्वविद्यालयको समकक्ष मान्यता प्रमाणपत्रको प्रतिलिपी ।
६. आवेदन पठाउने ठेगाना ः वित्तीय संस्थाको केन्द्रीय कार्यालय दुलेगौंडा तनहुँ अथवा ngtmicrovacancy@gmail.com मा पठाउन सक्नुहुनेछ । थप विवरण संस्थाको वेवसाईट www.ganapatimicro.com.np मा गएर हेर्न सकिनेछ ।
७. नायव प्रमुख कार्यकारी अधिकृत छनौट सम्बन्धी सम्पुर्ण अधिकार वित्तीय संस्थामा निहीत रहनेछ ।

छनौट समिति
गणपति लघुवित्त वित्तीय संस्था लि.