गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय साँगामा कार्यरत कर्मचारी सुरज गिरीको मिति २०८० साल श्रावण ३१ गते सवारी दुर्घटनामा परि निधन भएकोमा वित्तीय संस्थाको तर्फबाट विमा बापतको रकम रु. १० लाख सहित कर्मचारीहरुबाट सहयोग स्वरुप संकलन भएको रकम गरी जम्मा रकम रु.११ लाख ३४ हजार मिति २०८० साल मंसिर २४ गतेका दिन स्वर्गिय सुरज गिरीको परिवारलाई संस्थाको केन्द्रीय कार्यालय दुलेगौंडा तनहुँमा एक कार्यक्रमका विच प्रमुख कार्यकारी अधिकृत श्री विष्णु प्रसाद ढकाल मार्फत चेक रकम हस्तान्तरण गरियो ।