गणपति लघुवित्त द्धारा एक दिने सदस्य सिप विकास तालिम सम्पन्न ।

गणपति लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय छिन्चु सुर्खेत सीप विकास तालिम अन्तर्गत सदस्यहरुकाे लागि एक दिने व्यवसायिक भैंसी पालन तालिम संचालन गरेकाे छ ।
संस्थामा आबद्ध सदस्यहरुकाे क्षमता अभिवृद्धी गर्ने उदेश्यले भैंसी पालन गरिरहेका २९ जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएकाे हाे ।
सहभागीहरुलाई डम्बरी कुमारी एेर ले मन्तव्य मार्फत स्वागत गर्नु भएकाे एक दिने व्यवसायिक तालिम कार्यक्रमकाे समुद्घाटन यस वित्तीय संस्थाकाे बाँसगढी बर्दिया अनुगमन अधिकृत एवं कार्यक्रमका प्रमुख अतिथि श्री गाेकर्ण प्रसाद जाेशीले गर्नुभएकाे थियाे ।
उक्त एक दिने व्यवसायिक भैंसी पालन तालिमको प्रशिक्षण पशु शाखा कार्यालय भेरिगंगा न.पा.पशु प्राविधिक श्री भाेज प्रसाद चापागाई दिनुभएकाे थियाे । अनुगमन अधिकृत गाेकर्ण प्रसाद जाेशी काे अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रमकाे अतिथिमा भेरि गंगा FM का अध्यक्ष एम लाल कडेल काे समेत उपस्थिति रहेकाे थियाे ।
उक्त व्यवसायिक भैंसी पालन तालिमका सहभागीहरुलाई प्रमाण पत्रकाे समेत व्यवस्था गरिएकाे थियाे । कार्यक्रमकाे संचालन तथा सहजीकरण शाखाका सहायक सबिता शाहि गर्नु भएको थियो ।

Comments