गणपति लघुवित्तको छिन्चु शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
गणपति लघुवित्तको छिन्चु शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement
गणपति लघुवित्तको छिन्चु शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
 

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय छिन्चु, सुर्खेतद्वारा आयोजित एकदिने वित्तीय साक्षरता कार्यक्रम आइतबार छिन्चुमा सम्पन्न भएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत आयोजित उक्त कार्यक्रमको उद्देश्य संस्थामा आबद्ध ग्राहक सदस्यहरूलाई वित्तीय सचेतना तथा वित्तीय शिक्षाबारे जानकारी प्रदान गर्नु रहेको थियो।

कार्यक्रममा भेरीगंगा नगरपालिका–१० का वडाध्यक्ष वीरबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा संस्थाको बाँसगढी अनुगमन कार्यालयका अनुगमन अधिकृत दिपेन्द्रप्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।

Bizshala
New Office
CG Motors

कार्यक्रममा ३४ जना महिला ग्राहक सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता केन्द्र नं. १०९ की सदस्य डल्लीकुमारी सिंहले गरेकी थिइन् भने सञ्चालन शाखा कार्यालय छिन्चुकी सहायक सविता शाहीले गरेकी थिइन् ।

Garima Development Bank
Shivam Cement
IME remit

शाखा प्रबन्धक उद्यवराज बजगाईका अनुसार कार्यक्रम अन्तर्गत शाखा कार्यालय मातहतका केन्द्रहरू मध्ये वार्षिक मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन केन्द्रलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट व्यवसायी तथा सर्वोत्कृष्ट बचतकर्तालाई समेत कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।