कम्पनीको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । यसको जारी तथा चुक्ता पुँजी १५.१५ करोड रुपैयाँ छ जसमध्ये ६७.६३% पूँजी संस्थापक शेयरधनीहरुले र बाँकी ३२.३७% सार्वजनिक शेयरधनीहरुबाट प्रवाहित भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड कम्पनीको प्रमुख संस्थापक शेयरधनी हो जहाँ अन्य व्यक्तिगत प्रवर्द्धकहरु जस्तै आ–आफ्नो क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरु पनि कम्पनीको प्रवर्द्धनमा संलग्न छन् ।