(+977) 065-414247, 414297     info@ganapatimicro.com.np

Products and Services

News and Events

Published on : 07 Dec 2018
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बर्दियाको बाँसगढी नगरपाली वडा नं. ०५, स्थित बाँसगढी र ठाकुरबाबा नगरपालीका वडा नंं. ०१, स्थित भुरीगाउँमा मिति २०७५/०८/२१ गते दुई नयाँ शाखा स्थापना गरेको छ । बाँसगढी शाखा कार्यालयको उद्घाटन बाँसगढी नगरपालीका का मेयर श्री सालीक राम अधिकारी र भुरीगाउँ शाखा कार्यलयको उद्घाटन भुरीगाउँ का समाज सेवी श्री चन्द्र मणि पौडे्ल ले गर्नु भएको थियो [...]
Published on : 18 Nov 2018
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा २०७५ साल कात्र्तिक ३० गते शुक्रवार सम्पन्न भएको छ । संस्थाको सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीको सभापतित्वमा सभा सम्पन्न भएको हो ।  साधारणसभाले सभामा प्रस्तुत भएका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित भएकोे छ । २०७३ साल मंसिर २४ गते देखि वित्तीय कारोबार शुर गरेको यस संस्थाले २०७५ आश्विन मसान्त सम्मा १३ जिल्लाका २२ वटा शाखा कार्यालयहरु मार्फत ११,४०२ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६३ करोड ५ लाख २२ हजार रहेको छ । साथै वित्तीय संस्थाले हालसम्म रु १५ [...]
Published on : 12 Oct 2018
नेपाल राष्ट्र बैंक बाट मिति २०७३/०७/३० मा ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Ganapati Microfinance Bittiya Sanstha Limited) ले मिति २०७५ साल आश्विन २६ गते घोडाघोडी नगरपालीका ०१, सुखड, कैलाली तथा लम्की–चुहा नगरपालीका ०१, लम्की, कैलालीमा गरी २ (दुई) वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । साथै सुखड शाखा कार्यालयको उद्घाटन घोडाघोडी नगरपालीका मेयर श्री ममता चौधरी र लम्की शाखा कार्यलयको उद्घाटन लम्की–चुहा नगरपालीका वडा न. ०१ का अध्यक्ष श्री जनक बमले गर्नु भएको थियो । यो संगै वित्तीय संस्थाको शाखा [...]
Published on : 06 Sep 2018
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ करोड ३५ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको तीन लाख ३५ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न बिक्री प्रबन्धक छनौट गरेको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडले कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने भएको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे [...]
Published on : 12 Feb 2018
गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक दिने आ।ब। २०७४/०७५ को दोश्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । होटल सिद्घार्थ रिभर साइड चुम्लीङ्गटार चितवनमा भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए । माघ २६ गते चलेको कार्यक्रममा हाल संचालनमा रहेका २० वटा शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । उक्त्त एक दिने कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक विष्णु प्रसाद ढकाल, लेखा वित्त तथा सुचना प्रविधि विभाग प्रमुख अनित जंग पाण्डे र कर्जा योजना तथा अनुगमन विभाग प्रमुख प्रभुराज थापाले प्रशिक्षण दिएका थिए । २६ गते शुक्रबार संस्थाका प्रमुख कार्यकारी [...]
Published on : 08 Dec 2017
[...]
Published on : 05 Nov 2017
गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई दिने आ.ब. २०७४/७५ को प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । होटल डे ब्रेक, वेगनास, पोखरामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए ।  कार्तिक १७ र १८ गते चलेको कार्यक्रममा हाल संचालनमा रहेका २० वटा शाखाका सम्पुर्ण शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । उक्त दुई दिने कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक विष्णु प्रसाद ढकाल, लेखा वित्त तथा सुचना प्रविधि विभाग प्रमुख अनित जंग पाण्डे, कर्जा, योजना तथा अनुगमन विभाग प्रमुख प्रभुराज थापा र लेखा वित्त तथा सुचना प्रविधि विभागका [...]
Published on : 31 Oct 2017
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष युवराज भण्डारीले सोमबार पद तथा गथोपनियताको शपथ लिएका छन् । भण्डारीले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलसमक्ष शप थलिएका हुन् । गत कात्तिक ९ गते बसेको यस वित्तीय संस्थाको प्रथम वार्षिक साधारणसभाले भण्डारीलाई अध्यक्ष पदमा निर्वाचित गरेको थियो ।   यसका साथै, सोमबार अन्य दुई जना संचालकहरु दिनेश लाल श्रेष्ठ र इन्द्र बहादुर अधिकारीले पनि अध्यक्ष्य युवराज भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिए [...]
Published on : 29 Oct 2017
गणपती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा विहीबार कात्तिक ९ गते सम्पन्न भएको छ । संस्थाको सञ्चालक समितिका अध्यक्ष युबराज भण्डारीको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको हो ।  २०७३ साल मंसिर २४ गते देखि वित्तीय कारोबार शुरु गरेको यस संस्थाले २०७४ साल असोज मसान्तसम्म तीन करोड ७२ लाख ६१ हजार दुई सय १० रुपैयाँ बचत संकलन गरी २५ करोड ८७ लाख ३९ हजार नौ सय ९७ रुपैयाँ ऋण लगानी गरेको जानकारी साधारणसभामा दिइयो । त्यस्तै, संस्थाले १२ जिल्लामा रहेका २० वटा शाखा कार्यालयहरुमार्फत छ हजार एक सय ७७ जना ग्राहक [...]
Published on : 12 Sep 2017
नेपाल राष्ट्र बैंक बाट मिति २०७३/०७/३० मा ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ले मिति २०७४ साल भाद्र २७ गते मंगलबारका दिन भिमफेदी मकवानपुर, कमलामाई सिन्धुली, गैंडाकोट नवलपरासी, सैनामैना रुपन्देही र कुस्मा पर्वतमा गरी ५ ओटा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखा कार्यालयहरुको उद्घाटन यस वित्तीय संस्थाका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरुले गर्नु भएको थियो । यो संगै वित्तीय संस्थाको शाखा संख्या २० पुगेको छ [...]
Published on : 03 Jul 2017
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मकवानपूरको मनहरी गाउँपालीका – ७ मा नयाँ शाखा विस्तार गरेको छ । आइतबार असार १८ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले नयाँ शाखा कार्यालयको उद्घाटन गर्नुभयो । यस संगै वित्तीय संस्थाको शाखा संख्या १५ पुगेको छ [...]
Published on : 03 Jul 2017
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले रुपन्देहीको तिलोतमा नगरपालीका– ७, भलवाडीमा नयाँ शाखा विस्तार गरेको छ । शुक्रबार असार १६ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले नयाँ शाखा कार्यालयको उद्घाटन गर्नुभयो । यो संगै वित्तीय संस्थाको शाखा संख्या १४ पुगेको छ [...]
Published on : 12 Jun 2017
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मिति २०७४ साल जेष्ठ २९ गते भानु न. पा. – ६, तुरतुरे, तनहुँ तथा धुनिबेशी न.पा. – ६, धार्के, धादिङ्गमा दुई ओटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । पुरा [...]
Published on : 12 Jun 2017
गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई दिने अभिमुखिकरण तालिम, समिक्षा र आ.ब. २०७४/७५ को लागि बार्षिक कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री अच्युत राज सापकोटाले उद्घाटन गर्नु भएको सो कार्यक्रम होटल डे ब्रेक वेगनास, पोखरामा भएको हो । जेष्ठ २६ देखी २७ गते सम्म चलेको कार्यक्रममा हाल संचालनमा आइसकेका ११ र यहि महिना संचालनको तयारीमा रहेको ४ वटा शाखाका सम्पुर्ण शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । आ.ब. २०७३/०७४ को समिक्षा सगै आगामी आ.ब. २०७४/७५ को लागि बार्षिक कार्यक्रम तथा बजेट तयार गरीयो । नयाँ शाखा [...]