(+977) 065-414247, 414297     info@ganapatimicro.com.np

Products and Services
Nov 18, 2018

दोस्रो बार्षिक साधारणसभा सम्पन्न

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा २०७५ साल कात्र्तिक ३० गते शुक्रवार सम्पन्न भएको छ । संस्थाको सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीको सभापतित्वमा सभा सम्पन्न भएको हो ।  साधारणसभाले सभामा प्रस्तुत भएका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित भएकोे छ ।

२०७३ साल मंसिर २४ गते देखि वित्तीय कारोबार शुर गरेको यस संस्थाले २०७५ आश्विन मसान्त सम्मा १३ जिल्लाका २२ वटा शाखा कार्यालयहरु मार्फत ११,४०२ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६३ करोड ५ लाख २२ हजार रहेको छ । साथै वित्तीय संस्थाले हालसम्म रु १५ करोड ३७ लाख बचत संकलन गरी खुद नाफा ४९ लाख ३९ हजार गरेको छ ।