(+977) 065-414247, 414297     info@ganapatimicro.com.np

Products and Services
Jan 12, 2020

लघुवित्त व्यवस्थापन तालिम सम्पन्न

लघुवित्त व्यवस्थापन तालिम सम्पन्न 
          गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफना ९ वटा शाखा कार्यालयमा कार्यरत फिल्ड कर्मचारीहरुलाई एक दिने आधारभुत लघुवित्त व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न गरेको छ । २०७६ पौष २६ गते शनिवार दुलेगौंडा तनहुँमा रहेको होटल मिडटाउन रेष्टो एण्ड लजको सभाहलमा भएको तालिममा सहायक तथा प्रशिक्षार्थी गरी जम्मा २५ जना कर्मचारीको सहभागिता रहेको थियो ।
फिल्ड कर्मचारीहरुलाई सक्षम बनाउने उदेश्यले पहिलो चरणको तालिम सम्पन्न भएको हो । अनौपचारीक रुपमा शुरुवात भएको तलिमको प्रमुख पशिक्षकको रुपमा संस्थाका मुख्य प्रबन्धक श्री विष्णु प्रसाद ढकालले प्रशिक्षण दिनुभएको थियो । लघुवित्तका आधारभुत सिद्धान्त, कार्यप्रकृती तथा प्रक्रिया, वर्तमान अवस्थामा देखिएका चुनौती र त्यसबाट जोगिएर प्रभावकारी लघुवित्त सेवा संचालनका सन्दर्भमा मुख्य प्रबन्धक विष्णु प्रसाद ढकालले सहभागिहरुलाई प्रशिक्षित गराउनु भएको थियो । सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।