(+977) 065-414247, 414297     info@ganapatimicro.com.np

Products and Services
Jan 20, 2019

दोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन

गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक दिने आ.ब. २०७५्/०७६ को द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी शनिबार सम्पन्न गरेको छ । होटल डे ब्रेक, वेगनास, पोखरामा  भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए ।
तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ पौष मसान्त सम्ममा १४ जिल्लाका २४ वटा शाखा कार्यालयहरु मार्फत १२,४५८ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६७ करोड ६६ लाख ९७ हजार रहेको छ ।
साथै वित्तीय संस्थाले पौष मसान्त सम्म रु १७ करोड ३९ लाख बचत संकलन गरी खुद नाफा १ करोड ५१ लाख गर्न सफल भएको छ ।