(+977) 065-414247, 414297     info@ganapatimicro.com.np

Products and Services
Dec 22, 2019

तेस्रो वार्षिक साधारण सभा सम्पन्न

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि.को 
तेश्रो बार्षिक साधारण सभा सम्पन्न 
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७६ पौष ४ गते दिउसो ३ बजे जंगल पार्क रिसोर्ट, शुक्लागण्डकी ३ तनहुँमा  संचालक समितीका अध्यक्ष श्री युवराज भण्डारीले उद्घाटन गर्नु भएको उक्त साधारण सभाले विभिन्न प्रस्तावहरु पारीत गरेको छ । यस साधारण सभाले संचालक समितीबाट प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर वितरण गर्न स्विकृत प्रदान गरेको छ । बोनश शेयर जारी पश्चात कायम हुन आउने जारी तथा चुक्ता पुँजीको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय पनि पारीत गरेको छ ।  त्यस्तै रेमिट्यान्स सम्बन्धी कारोबार गर्न वित्तीय संस्थाको प्रबन्धकपत्र तथा नियमावलीमा उदेश्य थप गरी संशोधन गर्ने प्रस्ताव पारीत भएको छ । यस साधारण सभाले सर्वसाधारण शेयर धनीहरुको तर्फबाट २ जना नयाँ संचालकहरुको निर्वाचन पनि सम्पन्न गरेको छ । उक्त दुई वटा पदमा जम्मा दुइ जनाको मात्र उमेद्वारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको छ । यसरी निर्वाचित हुने संचालकहरुमा काठमाण्डौ बानेश्वर बस्ने श्रीमती सजल मास्के र नुवाकोटका श्री प्रकाश खरेल रहनु भएको छ । उहाँहरुलाई संचालक समितीका अध्यक्ष श्री युवराज भण्डारीले निर्वाचित भएको प्रमाणपत्र सहित माला लगाएर स्वागत गर्नुभयो भने पुराना संचालकहरु श्री अर्चना प्रधान र श्री शिवराज भण्डारीलाई कदर पत्र सहित माला लगाएर बिदाई गर्नुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव श्री अच्युत राज सापकोटाले सभामा प्रस्तावहरु प्रस्तुत गरी स्विकृतार्थ अनुरोध गरे बमोजिम सबै प्रस्तावहरु सर्वसहमतीले पारित भएको छ । अब संस्थाको नाम गणपति लघुवित्त वित्तीय संस्था लि. रहने गरी प्रस्ताव पारीत गरीएकोछ । वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल १७ वटा जिल्लामा ३१ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका १९,३५३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । यो अवधी सम्म जम्मा २७ करोड ५० लाख बचत संकलन गरेको र १ अर्ब ५ करोड कर्जा लगानी गरेको छ । ३ वटा शाखा संचालनको अन्तिम तयारीमा रहेका छन भने थप २ वटा शाखा कार्यालयहरु निकट भविष्यमा संचालनमा आउने छन् ।