(+977) 065-414247, 414297     info@ganapatimicro.com.np

Products and Services
Sep 06, 2018

गणपति माइक्रोफाइनान्सको तीन लाख ३५ हजार कित्ता आईपिओ आउने

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ करोड ३५ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको तीन लाख ३५ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न बिक्री प्रबन्धक छनौट गरेको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडले कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने भएको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।